आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, नगद घट्यो

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट प्रस्तावित लाभांश संशोधन भएको छ ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनी संचालक समितिको वैशाख १९ गते बसेको बैठकले लाभांश संशोधन गरेको हो ।

कम्पनीले यसअघि प्रस्तावित बोनस सेयरलाई यथावत राख्दै नगद लाभांश घटाएको हो । संशोधित लाभांश अनुसार अब सेयरधनीले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश पाउने छन् ।

यसअघि इन्स्योरेन्सले २५ प्रतिशत बोनस सेयर र करसहित ९.५० प्रतिशत नगद गरी कुल ३४.५० प्रतिशत लाभांश घोषणा गरेको थियो ।

बीमा प्राधिकरणले हाललाई कर प्रयोजन बाहेक अन्य कुनै पनि नगद लाभांश वितरण नगर्न निर्देशन दिएपछि लाभांश संशोधन गरिएको कम्पनीले जनाएको छ ।

चुक्ता पूँजी  पुर्‍याउन हकप्रद सेयर जारी गर्दै ८ बीमा कम्पनी, कुनले कति ? Read Previous

चुक्ता पूँजी पुर्‍याउन हकप्रद सेयर जारी गर्दै ८ बीमा कम्पनी, कुनले कति ?

कित्ताकाट खुलाए पनि घरजग्गा कारोबारीकाे अझै बढेन 'कन्फिडेन्स’, पीडा नसुनेको गुनासो Read Next

कित्ताकाट खुलाए पनि घरजग्गा कारोबारीकाे अझै बढेन 'कन्फिडेन्स’, पीडा नसुनेको गुनासो