सीवाइसी लघुवित्तको नाफा साढे ३ गुणाले बढ्यो, वितरणयोग्य नाफा कति ?

काठमाडौं । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उछाल आएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा २६३.४० प्रतिशतले बढेको हो ।

चालु आवको चैत मसान्तसम्म लघुवित्तले २ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २ करोड ३ लाख रुपैयाँ धेरै हो । गत वर्ष चैतसम्म सीवाइसीले ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी, संचालन नाफा बढ्दा र खराब कर्जा घट्दा नाफामा उल्लेख्य सुधार आएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १७.९९ प्रतिशतले बढेर २० करोड ७३ लाख रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन नाफा २९१.०६ प्रतिशतले बढेर ३ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तले ४ अर्ब ९८ करोड निक्षेप तथा सापटी लिइ कुल ५ अर्ब ७४ करोड कर्जा प्रवाह गरेको छ ।

हाल २६ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिडेन्ड अर्निङ तथा जगेडा कोषमा ३१ करोड १ लाख रुपैयाँ संचित छ । समीक्षा अवधिमा लघुवित्तको वितरण योग्य नाफा १ करोड ६४ लाख रुपैयाँ छ ।

खुद नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३.५४ रुपैयाँबाट बढेर १४.०२४ रुपैयाँमा पुगेकोे छ ।

यस अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २१६.४ रुपैयाँ छ । समीक्षा अवधिमा लघुवित्तले खराब कर्जा आधाभन्दा धेरै घटाएको छ । गत चैतमा ९.८४ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा घटेर ४.७४ प्रतिशतमा झरेको छ ।

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण ७३ प्रतिशत सकियो Read Previous

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण ७३ प्रतिशत सकियो

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा, ७ वटा कार्यक्रम समावेश Read Next

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा, ७ वटा कार्यक्रम समावेश