काठमाडौं । जेठमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ४ कम्पनीको ‘लकइन पिरियड’ सकिने भएको छ ।
जेठ महिनामा भिजन लुम्बिनी ऊर्जा कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको सेयरको लकइन अवधि सकिने भएको हो ।
ती कम्पनीहरूले संस्थापक र सामूहिक लगानी कोषलाई जारी गरेको सेयरको लकइन अवधि सकिने भएको हो ।
नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीको सेयरको लकइन सकिनु १ महिना अगावै सूचना जारी गरी जानकारी लगराउनुपर्ने व्यवस्था गरेको छ । सोही अनुसार कम्पनीहरूले लकइन पिरियड सकिने दिन सार्वजनिक गरेका छन् ।
भिजन लुम्बिनी ऊर्जा कम्पनीको जेठ ४ गते सामूहिक लगानी कोषहरूको नाममा रहेको ९५ हजार ६२५ कित्ता सेयरको लकिङ पिरियड सकिने भएको छ ।
त्यस्तै, जेठ १६ गते मकर जितुमाया सुरी हाइड्रोपावर संस्थापक सेयरधनी विदेशी लगानीकर्ता डोल्मा इम्प्याक्ट फण्ड आइको नाममा रहको २६ लाख ५ हजार ९०० कित्ता सेयरको लकिङ सकिने भएको छ ।
त्यसैगरी, जेठ १८ गते मुक्तिनाथ कृषि कम्पनीको सामूहिक लगानी कोषलाई जारी गरेको ७० हजार कित्ता सेयरको लकिङ पिरियड सकिने भएको छ ।
त्यस्तै, नेपाल वेयरहाउजिङ कम्पनीको जेठ १९ गते लकिङ सकिने भएको छ । कम्पनीले सामूहिक लगानी कोषलाई जारी गरेको ६८ हजार ७५० कित्ता सेयरको लकिङ अवधि सकिने भएको हो ।
सबै कम्पनीको सेयर लकइन पिरियड सकिएको भोलिपल्टदेखि दोस्रो बजारमा खरिदबिक्री गर्न पाइने छ ।