विशाल ग्रुपले पुनर्बीमा कम्पनीको ११ लाख कित्ता सेयर बेच्दै

काठमाडौं । विशाल ग्रुपले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको सेयर लिलामीमा ल्याएको छ । कम्पनीले आजदेखि आफ्नो नाममा हरेको ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यस लिलामी सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनी वा अन्य संघसस्थाले पनि आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले गोप्य शिलबन्दीमार्फत आवेदन दिनुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम २ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिनुपर्नेछ । आवेदकले प्रतिकित्ता सेयर मूल्य न्यूनतम २८० रुपैयाँ नघटाइ बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले वैशाख २६ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

कफीखेती प्रबर्द्धन गर्दै डाँडापारिका दुई गाउँपालिका Read Previous

कफीखेती प्रबर्द्धन गर्दै डाँडापारिका दुई गाउँपालिका

१० ठूला बैंकको बाह्य लेखा परीक्षण गर्न ५ अडिट फर्म सर्टलिस्ट Read Next

१० ठूला बैंकको बाह्य लेखा परीक्षण गर्न ५ अडिट फर्म सर्टलिस्ट