अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने शाखा अधिकृत र कम्प्युटर इन्जिनीयर पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका दुई कर्मचारी पक्राउ गरेको छ ।

विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गरेको अभियोगमा विभागका शाखा अधिकृत सुरज अर्याल र कम्प्युटर इञ्जिनीयर हरिश भट्टलाई शनिबार पक्राउ गरेको हो ।

पक्राउ परेका भट्ट यातायात व्यवस्था विभागका करारका इञ्जिनियर हुन् । उनले देशभरका ३५ यातायात कार्यालयका प्रमुखलाई दिइएको मास्टर युजर आईडी र पासवर्डको दुरुपयोग गरी लाइसेन्स बाँडेको फेला परेको हो ।

अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सीआइबीले देशभरका यातायात कार्यालयबाट १ लाखभन्दा बढी नक्कली लाइसेन्स जारी भएको प्रकरणको अनुसन्धान गरिरहेको छ ।

गत पुसमा विभागले देशभरका यातायात कार्यालयबाट जारी भएको लाइसेन्सको डाटाबेसबारे अध्ययन गरेको थियो । सो अध्ययनले ५ वर्षमा देशभरका यातायात कार्यालयबाट करिब ७३ हजार नक्कली लाइसेन्स जारी भएको खुलाएको थियो । त्यस्तै, प्रदेश मातहतका यातायात कार्यालयहरूमा २३ हजार लाइसेन्समा गडबडी भएको भेटिएको थियो ।

 

राष्ट्रपतिद्वारा लगानी सहजीकरण सम्बन्धी अध्यादेश जारी, यस्ता छन् नयाँ व्यवस्था Read Previous

राष्ट्रपतिद्वारा लगानी सहजीकरण सम्बन्धी अध्यादेश जारी, यस्ता छन् नयाँ व्यवस्था

पर्सामा ९ महिनामा थपिए ७३९ घरेलु उद्योग Read Next

पर्सामा ९ महिनामा थपिए ७३९ घरेलु उद्योग