काठमाडौं । नेपाल राष्ट्र बैंकले सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ३ वाणिज्य बैंकले सम्मान गरेको छ ।
राष्ट्र बैंकले ६९ औं वार्षिकोत्सवको अवसरमा धेरै विप्रेषण भित्र्याउने ग्लोबल आइएमई, हिमालयन र नेपाल एसबीआई बैंकलाई सम्मान गरेको हो ।
कुल रेमिट्यान्स मध्ये ग्लोबलले २१.१ प्रतिशत, हिमालयनले २०.६ प्रतिशत र नेपाल एसबीआईले १९.१ प्रतिशत भित्र्याएका छन् ।
यसैगरी, राष्ट्र बैंकले धेरै रेमिट्यान्स भित्र्याउने ३ रेमिट्यान्स कम्पनीलाई पनि सम्मानित गरेको छ । सम्मानित हुने रेमिट्यान्सहरुमा आइएमइ लिमिटेड, सिटी एक्सप्रेस र ईसेवा मनि ट्रान्सफर रहेका छन् ।
यस्तै, भुक्तानी सेवा प्रदायकमा खल्ती र ई सेवा सम्मानित भएका छन् ।