नेप्सेमा गिरावट, घट्दो बजारमा फाइनान्सको सेयरमा भने आकर्षण

काठमाडौं । सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक ३.२४ अंकले घटेर १९६५.९३ बिन्दुमा आइपुगेको छ ।

सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १७ करोडले घटेर २ अर्ब ३६ करोड रुपैयाँमा सीमित भएको छ ।

आज ३०३ कम्पनीको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचक बढेको छ भने ८ को घटेको छ । घट्दो बजारमा पनि आज फाइनान्स कम्पनीहरुको सेयरमा आकर्षण देखिएको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ३.१३ प्रतिशतले बढेको छ ।

आज नेपाल पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको ११ करोड २६ लाख रुपैयाँ बढीको १ लाख ९० हजार ८३८ कित्ता सेयर किनबेच भएको छ ।

घट्दो बजारमा ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ कम्पनीको घटेको छ । मल्टिपर्पस फाइनान्सको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ ।

सबैको लघुवित्तका सेयरधनीले भने सर्वाधिक ५.८३ प्रतिशत गुमाएका छन् ।

सडकले छोट्यायो ओलाङ्चुङगोलाको दूरी, ३ दिनको यात्रा अब ७ घण्टामै Read Previous

सडकले छोट्यायो ओलाङ्चुङगोलाको दूरी, ३ दिनको यात्रा अब ७ घण्टामै

चम्किँदै सिमेन्टको वैदेशिक व्यापार, महिनामै आधा अर्बको निर्यात Read Next

चम्किँदै सिमेन्टको वैदेशिक व्यापार, महिनामै आधा अर्बको निर्यात