काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था बीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको छ ।
दुई लघुवित्त बीच बुधबार (वैशाख १२ गते) मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
दुई लघुवित्तले गत भदौ १५ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
दुई लघुवित्त समान हैसियत अर्थात १ः१ सेयर अनुपातमा मर्ज हुन लागेका हुन् ।
हाल साधनाको चुक्ता पूँजी ३८ करोड २२ लाख रुपैयाँ र सबैको लघुवित्तको ३१ करोड ८६ लाख रुपैयाँ रहेको छ । मर्जरपछि एकीकृत चुक्ता पूँजी ७० करोड ८ लाख रुपैयाँ पुग्नेछ ।