काठमाडौं । पर्यटन वर्ष २०२० लाई लक्षितगर्दै काठमाडौं केन्द्रीत रहेर निर्माण भइरहेका तारे होटलको काम तीव्र्र गतिले अगाडि बढीरहेको छ । उपत्यकामा निमार्णाधिन होटलहरुमा लेमन ट्री, सेराटन र हिलटन रहेका छन् ।
यी होटल मध्ये सेराटनको निर्माण सन् २०१७, हिल्टन र लेमन ट्रीको निर्माण २०१८ बाट सुरु भएको हो । नगरकोट र त्रिपुरेश्वरमा लेमन ट्री बिजनेश होटल निर्माण भइरहेको छ भने नक्सालमा हिल्टन र केशरमहलमा सेराटनको निर्माण भइरहेको छ ।
यी होटल मध्य सबैभन्दा पहिला लेमन ट्रीको निर्माण सम्पन्न हुने बताइएको छ । सीजी होल्डिङसले निर्माण गरिरहेको यो बिजनेश होटल अबको ५/६ महिना भित्र संचालनमा आउने बताइएको छ ।
यस्तै, निर्माणाधिन पाँच तारे होटल सेराटन र हिल्टनको काम चलिरहेको होटल एसोसियशनका उपाध्यक्ष साजन शाक्यले जानकारी दिए । सेराटन एनआरएनका पूर्वअध्यक्ष शेष घलेको लगानीमा निर्माण भइरहेको होटल हो भने हिल्टनमा व्यवसायी साहिल अग्रवालको लगानी रहेको छ ।
बन्दै मझौला होटल
होटल एसोसियसनका अनुसार दुई तारे होटल अन्तर्गत सूर्य होटल बन्ने तयारीमा रहेको छ भने चार तारे होटल तिब्बेत पूर्णरुपमा सञ्चालनमा आउने क्रममा रहेको शाक्यले बताए ।उनका अनुसार ठमेलमा मात्र १५ देखि २० वटा पर्यटक होटलहरु संचालनमा आउने तयारीमा रहेका छन् ।
पछिल्लो समय नेपालभर भने करिब २ हजार ३ सयभन्दा बढी पर्यटक स्टान्डर्ड होटलहरु संचालनमा रहेका छन् । पर्यटन वर्षमा नेपाल आउने ५० लाखसम्म पर्यटकलाई काठमाडौं र पोखराका होटलले सेवा दिन सक्ने अवस्था रहेको छ । यी स्थान बाहेकपनि अन्यत्र २५ लाख पर्यटकलाई राख्ने क्षमतामा होटल खुलेका छन् ।
हाल नेपालमा १५ वटा पाँच तारे होटल संचालनमा रहेका छन् । साथै, अन्य तारे होटलको संख्या सयभन्दा बढी रहेको छ । हानसँग आवद्ध पर्यटक ‘स्ट्यान्डर्ड’को होटलको संख्या १ सय ४० हाराहारीमा रहेको उनले बताए ।
‘नेपालमा राम्रा होटलको संख्या बढ्दो क्रममा रहेका छन्, २०२० लाई लक्षित गरेर १५ वटाका हाराहारीमा नयाँ होटल थपिदै छन्’ शाक्यले चाणक्य पोष्टसँग भने ।
भ्रमण वर्षको लागि प्याकेजको तयारी
पर्यटन वर्ष २०२० मा हानमा आवद्ध तारे होटल तथा पर्यटक स्टान्डर्ड होटलहरुले कोठामा ३० प्रतिशतसम्म छुट दिने योजना बनाएको शाक्यले जानकारी दिए । साथै, रेष्टुरेन्टमा पनि १५ प्रतिशतसम्मको छुटको व्यवस्था गर्न लागिएको उनको भनाई थियो ।
पछिल्लो समय नेपालभर भने करिब २ हजार ३ सयभन्दा बढी पर्यटक स्टान्डर्ड होटलहरु संचालनमा रहेका छन् । पर्यटन वर्षमा नेपाल आउने ५० लाखसम्म पर्यटकलाई काठमाडौं र पोखराका होटलले सेवा दिन सक्ने अवस्था रहेको छ । यी स्थान बाहेकपनि अन्यत्र २५ लाख पर्यटकलाई राख्ने क्षमतामा होटल खुलेका छन् ।
प्रचार प्रसारमा हान
नेपाल भ्रमण वर्षको प्रचार प्रसारमा हानको टोली डिसेम्बर १६ मा चीनको टेन्डुर जाने भएको छ । हानले एसियाका राष्ट्रहरुमा भ्रमण वर्षको प्रमोसन गर्न लागेको हो । भारत, थाइल्याण्ड लगायतका देशहरुमा भ्रमण वर्षको निम्तोका लागि हानले टोली पठाउन लागेको शाक्यले जानकारी दिए ।
चीनको टेन्डुरमा डेढ सय ट्राभर एजेन्सीलाई बोलाएर नेपाल भ्रमणको निम्ता दिने तयारी भइरहेको शाक्यले बताए ।