सपोर्ट लघुवित्तको नाफा झन्डै दोब्बरले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उछाल आएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रोे त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ९४.९१ प्रतिशतले बढेको हो ।

लघुवित्तले चालु आवको चैत मसान्तसम्ममा १ करोड २३ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ६० लाख रुपैयाँ धेरै हो । लघुवित्तले गत वर्षको चैतसम्म ६३ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी, सञ्चालन नाफा बढ्दा र खराब कर्जा घट्दा नाफामा छलाङ मारेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८.७८ प्रतिशतले बढेर ४ करोड ९१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा १२०ं९३ प्रतिशतले बढेर १ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तले ३३ करोड ९१ लाख रुपैयाँ निक्षेप र १ अर्ब २७ करोड रुपैयाँ सापटी लिई कुल १ अर्ब ७३ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

हाल ९ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ५ करोड ७९ लाख रुपैयाँ संचित छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी दोब्बरले बढेर १७.२८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६०.८ रुपैयाँ रहेको छ । यस अवधिमा लघुवित्तको खराब कर्जा ३.२५ प्रतिशतबाट घटेर १.४७ प्रतिशतमा झरेको छ ।

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी श्रेष्ठ Read Previous

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी श्रेष्ठ

तनहुँको भानुमा ५८ रोपनीमा औद्योगिक ग्राम निर्माण प्रक्रिया सुरू Read Next

तनहुँको भानुमा ५८ रोपनीमा औद्योगिक ग्राम निर्माण प्रक्रिया सुरू