ह्वासिन सिमेन्टको ६.६३ थप लगानी स्वीकृत, डाबरद्धारा ९.६८ अर्ब पुनर्लगानीको प्रस्ताव

काठमाडौं । लगानी बोर्डले ह्वासिन नारायणी सिमेन्ट परियोजनाको लागि ६ अर्ब ६३ करोड ४० लाख थप लगानी स्वीकृत गरेको छ ।

मंगलबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको ५८औं बैठक उक्त लगानी स्वीकृत गरेको हो ।

यस्तै, बैठकले डाबर नेपाल प्रालिको विस्तृत परियोजना प्रतिवेदन जानकारीमा लिई परियोजना लगानी सम्झौताको मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ।

डाबर नेपालले क्षमता विस्तार तथा उत्पादन विविधिकरणका लागि ९ अर्ब ६८ करोड रूपैयाँ पुनर्लगानीका लागि प्रस्ताव गरेअनुसार उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन प्राप्त भई बोर्डको मूल्यांकनपछि वार्ता प्रक्रिया अगाडि बढाइएको हो।

त्यस्तै, बैठकले वैशाख १६ र १७ मा आयोजना हुने तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने, मार्केट साउण्डिङ गरिने विभिन्न परियोजनाहरूको सूची स्वीकृति गरेको छ।

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरू Read Previous

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरू

आजदेखि काँकडभिट्टा लगायत पूर्वी सीमा नाका बन्द Read Next

आजदेखि काँकडभिट्टा लगायत पूर्वी सीमा नाका बन्द