काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले झन्डै २० लाख कित्ता सेयर आजदेखि लिलामीमा आउने भएको छ ।
कम्पनीले फागुन १७ गतेदेखि चैत ६ गतेसम्म चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । सोमध्ये अवितरित १९ लाख ९२ हजार १३४ कित्ता सेयर आजदेखि लिलामीमा ल्याएको हो ।
कम्पनीको लिलामी सेयरमा वैशाख २४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त हकप्रदमा इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
कम्पनीले लिलामी सेयरको भाउ न्यूनतम १०० रुपैयाँ तोकेको छ । लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या मूल्य तोकी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ। लगानीकर्ताले क्यापिटलका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय र सिन्धु विकास बैंकको दोलखा शाखाबाट आवेदन दिन सक्नेछन्।