नेप्सेमा थप साढे २४ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एशियन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा आइतबार कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा इन्स्योरेन्सको ७.७५ प्रतिशत अर्थात् २४ लाख ४५ हजार ३५७.९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

मुग्लिन-पोखरा सडक : म्याद सकियो, काम सकिएन, ६ महिना थप्न प्रस्ताव Read Previous

मुग्लिन-पोखरा सडक : म्याद सकियो, काम सकिएन, ६ महिना थप्न प्रस्ताव

३२ देश जोड्ने एशियन राजमार्गको झापाखण्डमा काम सुरू, पुल र कल्भर्ट निर्माण थालियो Read Next

३२ देश जोड्ने एशियन राजमार्गको झापाखण्डमा काम सुरू, पुल र कल्भर्ट निर्माण थालियो