नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, गोर्खा फाइनान्सको सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा लगातार पाँचौं दिन गिरावट आएको छ । गत चैत २८ गतेदेखि लगातार ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला ५ कारोबार दिनमा मात्रै नेप्से ६५ अंकले घटेको छ ।

बिहीबार नेप्से परिसूचक १९.५६ अंकले घटेर १९७२.१४ बिन्दुमा आइपुगेको छ आज ३१५ कम्पनीको २ अर्ब ९ करोड रुपैयाँ बढीको ५३ लाख ४४ हजार ६१३ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । लघुवित्त समूहको परिसूचक सर्वाधिक १.७२ प्रतिशतले घटेको छ ।

आज पनि गोर्खा फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको १७ करोड ८२ लाख रुपैयाँ बराबरको २ लाख १५ हजार १४५ कित्ता सेयर किनबेच भएको छ ।

घट्दो बजारमा आज खानीखोला हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ७.९४ प्रतिशत कमाएका छन् भने रुरु जलविद्युत्का लगानीकर्ताले ९.९९ प्रतिशत गुमाएका छन् ।

प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई बाटो खोल्ने सरकारको योजना Read Previous

प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई बाटो खोल्ने सरकारको योजना

लेखा व्यवसायीहरूको राष्ट्रिय सम्मेलन सुरू, दीगो लेखा अभ्यासमा जोड Read Next

लेखा व्यवसायीहरूको राष्ट्रिय सम्मेलन सुरू, दीगो लेखा अभ्यासमा जोड