काठमाडौं । ललितपुरको सातदोबाटोदेखि बालकुमारी पुलसम्मको सडक रातिको समयमा बन्द हुने भएको छ ।
ग्वार्को चोकमा निर्माण भइरहेको फ्लाइ ओभरमा ‘गर्डर’ राख्न वैशाख ६ गतेदेखि ११ गतेसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म सकड बन्द गरिने भएको हो ।
गर्डर राख्दा हुन सक्ने सम्भावित जोखिमलाई मध्येनजर गर्दै सडक बन्द गर्न लागिएको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार उक्त समयमा पैदल यात्रु तथा सवारीसाधनको आवतजावत पूर्ण रूपमा बन्द हुनेछ ।