दुबईमा इतिहासकै भारी वर्षा, सडक र विमानस्थल अवरुद्ध

एजेन्सी । खाडी मुलुक संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा इतिहासकै भारी वर्षा भएको छ ।

पछिल्लो २४ चौबिस घण्टामा त्यहाँ १४२ मिलिमिटर वर्षा मापन भएको छ । यो २४ घण्टामा मापन भएको हालसम्मकै धेरै वर्षा भएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

समाचार संस्था एशोसियट प्रेसका अनुसार दुबईमा सन् १९४९ देखि वर्षासम्बन्धी तथ्यांक राख्न थालिएको हो। यसका आधारमा मंगलबार परेको पानी इतिहासकै भारी वर्षा भनिएको छ।

दुबईमा सोमबार रातिदेखि पानी पर्न थालेको र मंगलबार बिहानदेखि वर्षाले ठूलो रूप लिँदै असिनासमेत परेको थियो। असिनासँगै दिनभरजसो पानी परेपछि त्यहाँको मुख्य राजमार्ग र ठूला सडकहरू जलमग्न भएका थिए । वर्षाका कारण सडक नै खोला बनेपछि यातायात अवरूद्ध भएको छ । सडकमा रहेका सवारीसाधनका आधा बढी भाग डुबेको छ ।

यस्तै, भारी वर्षाका कारण विमानस्थल समेत अवरुद्ध भएको छ । विश्वमा सबैभन्दा दोस्रो धेरै व्यस्त हुने दुबई इन्टरनेशनल एअरपोर्टमा उडान/अवतरण प्रभावित भएको छ।

विमानस्थलको धावनमार्गदेखि टर्मिनल भवनभित्र समेत पानी पसेको थियो। धावनमार्ग जलमग्न भएपछि उडान प्रभावित भएको त्यहाँको सञ्चारमाध्यहरूले जनाएका छन्।

उडान प्रभावित हुँदा मानिसहरू विमानस्थलमै रोकिएका छन्। बुधबार विमानस्थल कार्यालयले उडान सहज हुन अझै केही समय लाग्ने भएकाले धैर्य गर्न आग्रह गरेको छ।

वर्षाका कारण विद्यायलहरु बन्द गरिएका छन् भने अधिकांश आर्थिक गतिविधि रोकिएका छन् ।

अब एक सातासम्मको मौसम पूर्वानुमान Read Previous

अब एक सातासम्मको मौसम पूर्वानुमान

बालकुमारी-सातदोबाटो सडक एकसाता बन्द हुने Read Next

बालकुमारी-सातदोबाटो सडक एकसाता बन्द हुने