नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको वैशाख ३ गते बसेको बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय अर्थ मन्त्रालय, बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।

हाल १२ अर्ब ८१ करोड चुक्ता पूँजी रहेको कम्पनीको बोनस सेयर वितरणपछि १३ अर्ब २२ करोड रुपैयाँ पुग्नेछ ।

सडकमा निर्माण सामग्री छाड्नेलाई कडा कारबाही गर्ने महानगरको चेतावनी Read Previous

सडकमा निर्माण सामग्री छाड्नेलाई कडा कारबाही गर्ने महानगरको चेतावनी

सुनको मूल्य तोलामा १७०० रुपैयाँ बढ्यो, बन्यो हालसम्मकै महँगो Read Next

सुनको मूल्य तोलामा १७०० रुपैयाँ बढ्यो, बन्यो हालसम्मकै महँगो