काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक सेयर (आइपीओ) निष्काशन प्रक्रिया अघि बढाएको छ ।
कम्पनीले आइपीओ निष्काशन गर्ने सम्बन्धी कार्यका लागि एनएमबी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सो सम्बन्धी आज एनएमबी क्यापिटल रजिष्र्टर्ड कार्यालयमा सम्झौता भएको क्यापिटलले जनाएको छ । सम्झौतापत्रमा
अर्घाखाँची सिमेन्ट चिफ फाइनान्सिएल अफिसर राजु पौडेल र एनएमबी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरे ।
नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडी बढाइने चिफ फाइनान्सिएल अफिसर पौडेलले बताए ।