नयाँ वर्षलाई नेप्सेको रातो झण्डा

काठमाडौं । सेयर बजारले नयाँ वर्ष २०८१ साललाई रातो झण्डा देखाएको छ । यस वर्षको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २ अंकले घटेको हो ।

आज नेप्से परिसूचक २.३५ अंकले घटेर २०२३.३५ बिन्दुमा आइपुगेको छ । यसदिन ३२० कम्पनीको ३ अर्ब ६ करोड रुपैयाँ बढीको ७७ लाख ९५ हजार ३३ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ४ समूहको परिसूचक बढेको छ भने ९ को घटेको छ । लघुवित्त समूहकाे परिसूचक सर्वाधिक १.९१ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह १.०३ प्रतिशतले घटेको छ ।

आज सानिमा माई हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको २१ करोड ४७ लाख रुपैयाँ बराबरको ६ लाख ४० हजार ८७० कित्ता सेयर किनबेच भएको छ ।

घट्दो बजारमा आज श्रृजनशील लघुवित्तको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

 

चैतमा चालु वर्षकै तेस्रो धेरै घरजग्गा किनबेच, रोजाइमा यी ठाउँ Read Previous

चैतमा चालु वर्षकै तेस्रो धेरै घरजग्गा किनबेच, रोजाइमा यी ठाउँ

मर्स्याङ्दी जलाशयमा सञ्चालनमा आयो मोटरबोट, सयर गर्न कति लाग्छ शुल्क ? Read Next

मर्स्याङ्दी जलाशयमा सञ्चालनमा आयो मोटरबोट, सयर गर्न कति लाग्छ शुल्क ?