डिशहोमको ‘मिसन ८१’, ३ हजारमै वार्षिक रिचार्ज

काठमाडौं । नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि ‘डिशहोम मिसन ८१’ योजना ल्याएको छ ।

यस योजनामा डिशहोमका ग्राहकहरुले मात्र ३ हजार रुपैयाँमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन् । ग्राहकहरुले नजिकैको डिलर दाइकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आइएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नेछन् ।

नेपालभर रहेका डिशहोमका डिलर तथा सब डिलरहरु मार्फत ग्राहकहरुले फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन सक्नेछन् । फण्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्नेछ ।

७३ मेगावाटको सानिमा मिडिल तमोरको बिजुली प्रसारण लाइनमा जोडियो Read Previous

७३ मेगावाटको सानिमा मिडिल तमोरको बिजुली प्रसारण लाइनमा जोडियो

भन्सार छलेर ल्याइएको ५६ करोड बराबरको सामान बरामद Read Next

भन्सार छलेर ल्याइएको ५६ करोड बराबरको सामान बरामद