नागरिक लगानी कोषले संचालनमा ल्यायो स्मार्ट मोबाइल एप

काठमाडौंं । नागरिक लगानी कोषले ‘सीआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको छ ।कोषले सहभागीहरूको सहजताको लागि नयाँ परिष्कृत मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

यो मोबाइल एप एन्ड्रोइड तथा आइओएस भर्सनमा हेर्न सकिन्छ । यसअघि एन्ड्रोइडमा मात्रै यो सुविधा थियो ।

नयाँ मोबाइल एपसँगै पुरानो मोबाइल एपमा दर्ता भएका सहभागीहरूको युजर नेम र पासवर्ड परिवर्तन भएको छ । परिवर्तित युजर नेम र पासवर्ड सबै पुराना एप प्रयोगकर्ताको मोबाइलमा एसएमएसमार्फत जानकारी गराइ सकिएको छ ।

त्यसैगरी, ई-सर्भिसमा दर्ता भएका सहभागीहरूलाई स्वतः नयाँ मोबाइल एपमा आबद्धता गराइएको छ । ई-सर्भिस पोर्टलकै युजर नेम र पासवर्ड मोबाइल एपमा लगइन गर्न सक्ने व्यवस्था कोषले गरेको छ ।

भन्सार छलेर ल्याएको १० करोड बढीको अवैध सामान बरामद Read Previous

भन्सार छलेर ल्याएको १० करोड बढीको अवैध सामान बरामद

मेलम्ची खानेपानीकाे हेडवर्क्सका १ किमी सारिँदै, साढे ४ अर्ब खर्च हुने Read Next

मेलम्ची खानेपानीकाे हेडवर्क्सका १ किमी सारिँदै, साढे ४ अर्ब खर्च हुने