प्रभु बैंक र एनसीएचएल बीच अन्तरदेशिय भुक्तानी सम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झाैता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

सम्झाैता अनुसार अन्तरदेशिय कारोबारक्रस बोर्डर भुक्तानी सेवा सुरु भएपछि नेपालमा रहेका भारतीय नागरिकहरूले प्रभु बैंकमा खोलिएको कुनै पनि यूपीआई ह्यान्डल लिंक गरिएको खाताबाट भारतमा रहेको आफ्नाे खातामा सिधै रकम पठाउन सक्ने छन् ।

नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर दैनिक रुपमा १५ हजार भारतीय रुपैयाँ र मासिक १ लाख भारुसम्म पठाउन सक्नेछन् ।

यसैगरी भारतमा रहेका नेपाली नागरिकहरूले पनि यूपीआई ईनेबल्ड एपहरू प्रयोग गरेर त्यहाँको नियामकले तोकेको सीमाको अधिनमा रही नेपालमा प्रभु बैंकको यूपीआई ह्यान्डल लिंक गरिएको खातामा सिधै रकम पठाउन सक्ने व्यवस्था समेत मिलाइएको छ ।

हाललाई भने भारतमा रहेका नेपाली नागरिकहरूले भारतीय बैंकमा खोलेको खाताबाट प्रति कारोबार २ लाख भारतीय रुपैयाँसम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटा भन्दा बढी कारोबार ननाघ्ने गरी आफूलाई पायक पर्ने भारतीय बैंकबाट प्रति कारोवार ५० हजार सम्म भारतीय रुपैयाँ पठाउन सक्ने व्यवस्था रहेको छ ।

यो अन्तरदेशिय विद्युतीय भुक्तानी सेवामा आबद्ध ग्राहकहरूले नेपाल तथा भारतीय नियामक निकायद्धारा तोकिएको सीमा बमोजिमको रकम सहजै अन्तरदेशिय कारोबार भुक्तानी गरी अधिकतम्लाभ उठाउने बैंकको विश्वास छ ।

'निजी क्षेत्रले सिफारिस गरेको औषधि राज्यले समयमै नदिँदा अर्थतन्त्र थलियो' Read Previous

'निजी क्षेत्रले सिफारिस गरेको औषधि राज्यले समयमै नदिँदा अर्थतन्त्र थलियो'

अध्यादेश ल्याएर भए पनि लगानी प्रतिकूल ऐनहरू संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता Read Next

अध्यादेश ल्याएर भए पनि लगानी प्रतिकूल ऐनहरू संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता