पाथीभरामा केबलकार निर्माण हुनुपर्ने सन्देशसहित वृहत् र्‍याली

ताप्लेजुङ । देशकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि यात्रा सहज बनाउन तत्काल केबलकार निर्माण हुनुपर्ने सन्देशसहित सद्भाव र्‍याली निकालिएको छ ।

ताप्लेजुङ विकास प्रेमी नागरिक समाज ताप्लेजुङको आयोजनामा शनिबार सदरमुकाम फुङलिङमा निकालिएको र्‍यालीमा सयौं संख्यामा जिल्लाबासीको सहभागिता रहेको थियो ।

‘वृहत्त नागरिक सद्भाव र्‍याली’ लेखिएको व्यानरसहितको उक्त र्‍यालीमा नौमति बाजा र च्याब्रुङसहित विभिन्न जातजाति र समुदायको संस्कृति झल्कने झाँकी पनि प्रर्दशन गरिएको थियो ।

र्‍यालीमा उपस्थित स्थानीयले केबलकार बने जिल्लाको विकासमा फड्को मार्ने प्रतिक्रिया दिएका थिए । र्‍यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै ताप्लेजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दावा शेर्पाले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा केबलकार निर्माणले ठूलो टेवा पुयाउने हुँदा यो कार्यमा सबैले सहयोग गर्नुपर्ने धारणा राखेका छन् ।

यसैगरी, युमा साम्यो अभियान्ता पदमचेञ्जी मावोले ताप्लेजुङ जिल्लाको विकास, समृद्धि र पहिचानका लागि पाथीभरा क्षेत्रमा केबलकार बन्नुपर्ने बताए ।

यस्तै, कार्यक्रममा सहभागी महिला अगुवा मीना गुरुङले केबलकार निर्माणप्रति भ्रम सृजना गरेर विकास नरोक्न सबैलाई आग्रह गरिन् ।

लगानी सम्मेलनमा ११०० बढीलाई निम्ता, 'शाेकेस'मा १२५ आयोजना Read Previous

लगानी सम्मेलनमा ११०० बढीलाई निम्ता, 'शाेकेस'मा १२५ आयोजना

नमस्कार इभेन्टले वेलायतमा हुने सांगितिक कार्यक्रमको व्यवस्थापन गर्दै Read Next

नमस्कार इभेन्टले वेलायतमा हुने सांगितिक कार्यक्रमको व्यवस्थापन गर्दै