काठमाडौं । सेयर बजारमा लगातार सुधार आएको छ । आइतबार २२ अंकले बढेको नेप्से आज झन्डै दोहोरो अंकले बढेको हो ।
सूचकसँगै कारोबार रकम पनि उत्साहजनक नै रहेको छ । आज ४ अर्ब १३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
मंगलबार नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ बिन्दुमा पुगेको छ । यसदिन ३१५ कम्पनीको ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये १० समूहको परिसूचक बढेको छ भने ३ को घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक २.७९ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूह १.४६ प्रतिशतले घटेको छ ।
आज सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको १८ करोड ३२ लाख रुपैयाँ बराबरको ३ लाख ६१ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज तीन फाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । जानकी, नेपाल र पोखरा फाइनान्सका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् ।
बढ्दो बजारमा आज विन नेपाल लघुवित्तको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।