काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा बुधबार साना किसान विकास लघुवित्त वित्तीय संस्था र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत भएको हो ।
नेप्सेमा साना किसानको १४.२५ प्रतिशत (४७ लाख ४७ हजार ५५५.९४ कित्ता) र रिलायबलको १६ प्रतिशत (६४ लाख कित्ता) बोनस सेयर सूचीकृत भएको छ ।
दुवै कम्पनीको सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।