नेप्सेमा लगातार चौथो दिन गिरावट, २ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार चौथो दिन गिरावट आएको छ । यस साता आइतबारदेखि लगातार ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । ४ दिनमा नेप्से २९ अंक्ले घटेको छ ।

सूचकमा गिरावट आए पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २४ करोडले बढेर २ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

बुधबार नेप्से परिसूचक ३.४३ अंकले घटेर २००६.७८ बिन्दुमा आइपुगेको छ । यसदिन ३२२ कम्पनीको ६४ लाख ८१ हजार ८३४ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ३ समूहको परिसूचक बढेको छ भने १० को घटेको छ । लघुवित्त समूहको परिसूचक सर्वाधिक १.६५ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूह १.७४ प्रतिशतले घटेको छ ।

आज सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । गत वर्षको नाफाबाट ३५ प्रतिशत लाभांश घोषणा गरेको यस कम्पनीको २५ करोड ५८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

घट्दो बजारमा आज दुई लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गुराँस लघुवित्त र विन नेपाल लघुवित्तका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

सर्वोच्चले ब्युँत्याइदियो सरकारले खारेज गरेका यातायात समिति Read Previous

सर्वोच्चले ब्युँत्याइदियो सरकारले खारेज गरेका यातायात समिति

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत