काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले नेपालले अब विदेशीहरूलाई विद्यार्थी भिसा दिने तयारी गरिएको बताएकी छिन् ।
बुधबार प्रतिनिधि सभाको बैंकठमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो जानकारी दिएकी हुन् ।
हालसम्म नेपालले विदेशीलाई पर्यटक र गैर पर्यटक भिसा मात्रै दिँदै आएको उल्लेख गर्दै उनले अब गृह मन्त्रालय र अध्यागमन विभागसँग समन्वय गरेर विद्यार्थी भिसा दिइने बताइन् ।
‘हाम्रोमा अहिले भिसा लाग्दा खेरी एउटा टुरिष्ट र अर्को नन टुरिष्ट भिसा लाग्ने गरेको रहेछ । अब नन टुरिष्ट भिसामा स्टुडेन्ट भिसा थप्न के गर्नुपर्छ । त्यसको लागि कामकारबाही अघि बढाइसकेका छौं,’ उनले भनिन् ।