आइपीओ ल्याएकै वर्ष सर्वोत्तम सिमेन्टको लाभांश घोषणा

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको चैत २० गते बसेको बैठकले सेयरधनीलाई गत वर्षको मुनाफाबाट १५ प्रतिशत नगद (करसहित) लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश पारित गर्न कम्पनीले वैशाख १२ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा रुपन्देहीको सिद्धार्थनगरस्थित होटल सिद्धार्थ भिलासमा बिहान १० बजे सुरु हुनेछ ।

लाभांश तथा साधरण सभा प्रयोजनका लागि कम्पनीले चैत ३० गते बुकक्लोज तोकेको छ । सो अनुसार चैत २९ गतेसम्म कायम रहने सेयरधनीले सधारण सभामा भाग र प्रस्तावित लाभांश पाउने छन् ।

यस्तै, कम्पनीले सभामा संस्थापक र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखपारीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि एजेन्डाको रुपमा लैजाने भएको छ ।

कम्पनीले गत महिना मात्रै सर्वसाधरणमा सेयर (आइपीओ) जारी गरेको थियो ।

पर्यटकीय राजधानी पोखरा घुम्न कति पर्यटक जान्छन् ? कुनै पनि निकायसँग छैन तथ्यांक Read Previous

पर्यटकीय राजधानी पोखरा घुम्न कति पर्यटक जान्छन् ? कुनै पनि निकायसँग छैन तथ्यांक

अनावश्यक अनुगमन बढेकोप्रति महासंघको ध्यानाकर्षण, व्यवसायीलाई दुःख नदिने अर्थमन्त्रीको आश्वासन Read Next

अनावश्यक अनुगमन बढेकोप्रति महासंघको ध्यानाकर्षण, व्यवसायीलाई दुःख नदिने अर्थमन्त्रीको आश्वासन