काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लक्ष्मी सनराइज बैंकको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा मंगलबार बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा बैंकको ७ प्रतिशत अर्थात् १ करोड ५१ लाख ६९ हजार १६६.५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।