नेप्सेमा लगातार गिरावट, सर्वोत्तम सिमेन्टको झन्डै आधा अर्बको कारोबार

काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । आइतबार १७ अंकले घटेको नेप्से आज ६ अंकले घटेको हो ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३३ करोडले घटेर २ अर्ब ८७ करोडमा सीमित भएको छ ।

सोमबार नेप्से परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ बिन्दुमा आइपुगेको छ । यसदिन ३१५ कम्पनीको ७२ लाख ९० हजार २०० कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये होटल र व्यापार बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । होटल समूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशतले बढेको छ भने फाइनान्स समूह ०.६६ प्रतिशतले घटेको छ ।

आज सर्वोत्तम सिमेन्टकोे सर्वाधिक कारोबार भएको छ । यसको ४७ करोड २९ लाख रुपैयाँ बराबरको ५ लाख १४ हजार ४११ कित्ता सेयर किनबेच भएको छ ।

घट्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मायाखोला हाइड्रोपावर र गुराँस लघुवित्तका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

आज रिभर्स फल्स पावरका सेयरधनीले भने सर्वाधिक ९.९८ प्रतिशत गुमाएका छन् ।

नेपाल-भारत पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम ३ महिनामा सकिने Read Previous

नेपाल-भारत पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम ३ महिनामा सकिने

दैलेखमा पेट्रोलियम उत्खनन गर्ने उपकरण पुर्‍याइँदै, १५० बढी ट्रक सामान बोकेर हिँडे Read Next

दैलेखमा पेट्रोलियम उत्खनन गर्ने उपकरण पुर्‍याइँदै, १५० बढी ट्रक सामान बोकेर हिँडे