निगमले बढायो पेट्रोलको भाउ, डिजेलको भने यथावत

काठमाडौं । नेपाल आयल निमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले वृद्धि भएको छ । नेपाल आयाल निगम सञ्चालक समितिको आइतबारको बैठकले सोमबारदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढाएको हो ।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७५ पुगेको पुगेको छ । भारतबाट नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएकाले नेपालमा पनि समायोजन गरिएको निगमले जनाएको छ ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको प्रतिलिटर मूल्य रुपैयाँ १७२.५० रुपैयाँ रहेको छ ।

त्यस्तै, दोस्रो वर्ग सुर्खेत र दाङमा प्रतिलिटर १७४ रुपैयाँँ र तेस्रो वर्गअन्तर्गतका काठमाडौँ, पोखरा र दिपायलमा प्रतिलिटर १७५ रुपैयाँँ मूल्य कायम गरिएको छ ।

अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य भने हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

नेपालमै उत्पादित हाइड्रोजनबाट गुड्यो कार Read Previous

नेपालमै उत्पादित हाइड्रोजनबाट गुड्यो कार

नक्कली बिल र स्टिकरको अनुगमन गरी आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन Read Next

नक्कली बिल र स्टिकरको अनुगमन गरी आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन