काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
लघुवित्तले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (चैत १९ गते) बुकक्लोज मिति तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।
लघुवित्तले गत वर्षको नाफाबाट ५.४२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२८ प्रतिशत नगद गरी कुल ५.७० प्रतिशत लाभांश घोषणा गरेको छ ।
उक्त लाभांश पारित गर्न लघुवित्तले चैत २९ गते वार्षिक साधरण सभा बोलाएको छ । लघुवित्तको सभा नमोबुद्ध ब्याक्वेट एन्ड इभेन्ट बनेपा काभ्रेपलाञ्चोकमा बिहान ११:३० बजे सुरु हुनेछ ।