धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।

अर्थमन्त्री पुनले धितोपत्र बोर्डको नेतृत्व चयन प्रक्रिया छिटो अघि बढाउन अर्थसचिव डा. कृष्णहरि पुष्करलाई निर्देशन दिएका हुन् ।

‘लामो समयसम्म धितोपत्र बोर्डजस्तो नियामक निकाय नेतृत्वविही हुनु त्यति राम्रो होइन,’ मन्त्री पुनले सचिव पुष्कारलाई निर्देशन दिँदै भने, ‘त्यसका लागि तत्काल प्रक्रिया अगाडि बढाउनुस् ।’

तत्कालीन बोर्ड अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएसँगै पुस तेस्रो सातादेखि बोर्ड नेतृत्वबिहीन छ ।

हुन्डाईले ईभीमा थप ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने, ८० हजार रोजगारी सिर्जना हुने Read Previous

हुन्डाईले ईभीमा थप ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने, ८० हजार रोजगारी सिर्जना हुने

विश्व बैंकको स्थलगत अध्ययनपछि महेन्द्र राजमार्गका १४ पुल मर्मत गरिँदै Read Next

विश्व बैंकको स्थलगत अध्ययनपछि महेन्द्र राजमार्गका १४ पुल मर्मत गरिँदै