साढे २१ करोडमा तनहुँ र चितवन जोड्ने पक्की पुल तयार, राष्ट्रपतिले उद्घाटन गर्ने

तनहुँ । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा रु २१ करोड ६८ लाख ४८ हजारको लागतमा पक्की पुल निर्माण भएको छ ।

तनहुँको देवघाट गाउँपालिका-५ घिनाटार र भरतपुर महानगरपालिका-१ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन पनि सञ्चालन भइसकेको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुलको औपचारिक उद्घाटनको योजना रहेको बताए ।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टङ्कनाथ पौडेलले यही चैत १७ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त पुल उद्घाटनका निम्ति अनुरोध गर्ने निर्णय भएको जानकारी दिए ।

उद्घाटनका निम्ति राष्ट्रपतिलाई आमन्त्रण गरिएको सन्दर्भमा आज तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा प्रमुखहरुको बैठक हुने उनले बताए। विसंं २०७१ कात्तिक २० गते पुल निर्माण थालिएको थियो ।

डिप्रोक्स लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

डिप्रोक्स लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

उपत्यकाका तीन औद्योगिक क्षेत्र सार्ने योजना अलपत्र, ७ वर्षमा पनि जग्गाको टुंगो लागेन Read Next

उपत्यकाका तीन औद्योगिक क्षेत्र सार्ने योजना अलपत्र, ७ वर्षमा पनि जग्गाको टुंगो लागेन