डिप्रोक्स लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

लघुवित्तले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (चैत १५ गते) बुकक्लोज मिति तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।

लघुवित्तले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले चैत २५ गते २२ औं वार्षिक साधरण सभा बोलाएको छ । लघुवित्तको सभा पार्क सफारी रिसोर्ट, सौराहा, चितवनमा बिहान १० बजे सुरु हुनेछ ।

ग्लोबल मनि सप्ताहमा माछापुच्छ्रेका देशभरका शाखाद्धारा कार्यक्रम आयोजना Read Previous

ग्लोबल मनि सप्ताहमा माछापुच्छ्रेका देशभरका शाखाद्धारा कार्यक्रम आयोजना

साढे २१ करोडमा तनहुँ र चितवन जोड्ने पक्की पुल तयार, राष्ट्रपतिले उद्घाटन गर्ने Read Next

साढे २१ करोडमा तनहुँ र चितवन जोड्ने पक्की पुल तयार, राष्ट्रपतिले उद्घाटन गर्ने