५ दिनमा कतिले बेचे सर्वोत्तम सिमेन्टको आइपीओ ?

काठमाडौं । दोस्रो बजारमा कारोबारमा आएको ५ दिनमा सर्वोत्तम सिमेन्टको करिब ६८ हजार कित्ता मात्रै सेयर कारोबार भएको छ । गत चैत ६ गतेदेखि कारोबारमा आएको कम्पनीको आजसम्म (५ कारोबार दिनमा) ६७ हजार ७३१ कित्ता सेयर कारोबार भएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कम्पनीको पहिलोदिन २ हजार ४४२ कित्ता, दोस्रो दिन २ हजार २५६ कित्ता र तेस्रो दिन ७ हजार ३९५ कित्ता सेयर किनबेच भएको छ । त्यसैगरी, हिजो २६ हजार ८८५ कित्ता र आज २८ हजार ७५३ कित्ता सेयर कारोबार भएको हो । ५ दिनमा कम्पनीको कुल ५ करोड ६० लाख रुपैयाँ बढीको सेयर किनबेच भएको हो ।

नेप्सेमा कम्पनीको साधरणतर्फको कुल ६० लाख कित्ता सेयर सूचीकृत छ । तर, हाल सर्वसाधरणलाई बाँडफाँट गरेको २७ लाख ७६ हजार ७६ कित्ता सेयर मात्रै कारोबार योग्य छ । सामूहिक लगानी कोष, संस्थागत लगानीकर्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय र कर्मचारीका लागि जारी गरेको सेयर लकिङमा छ । जसकारण कम्पनीको सेयर आपूर्ति हुन सकेको छैन ।

कम्पनीको सेयर खदिका लागि दैनिक लाखौं कित्ता माग हुने गरे पनि बिक्रीकर्ता नहुँदा नगन्य मात्रमा कारोबार हुँदै आएको छ । कम्पनीको आइपीओ ५० कित्ताका दरले साढे ५५ हजार जनाले पाएका थिए । सो आधारमा हालसम्म करिब १ हजार ३०० जनाले मात्र आइपीओ बेचेको देखिन्छ । आपूर्ति कम हूँदा सर्वोत्तमको मूल्यमा अझै केही दिन सर्किट लाग्ने आशमा लगानीकर्ताले अझै बिक्री गर्न चाहेका छैनन् ।

मूल्य ६१ प्रतिशत बढ्यो

कम्पनीको सेयर मूल्यमा ५ दिनमै ६१ प्रतिशतले बढेको छ । कारोबारमा आएदेखि दैनिक पोजेटिभ सर्किट अर्थात् १० प्रतिशतले बढेको हो ।

प्रतिकित्ता ५५६ रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको सेयर मूल्य आज ८९५.१ रुपैयाँ बढेको छ । ५ दिनमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३९ रुपैयाँले बढेको छ ।

कम्पनीको आइपीओ भर्नेले अढाई गुणा नाफा कमाएका छन् । प्रतिकित्ता ३६०.९० रुपैयामा आइपीओ भरेका लगानीकर्ताले ५३४.२ रुपैयाँ नाफा कमाएका छन् ।

पाँचतारे होटलको संख्या २२ पुग्यो, यस वर्ष थपिए ४ वटा Read Previous

पाँचतारे होटलको संख्या २२ पुग्यो, यस वर्ष थपिए ४ वटा

पटके सवारी रुट इजाजतपत्र अब अनलाइनबाटै लिन सकिने Read Next

पटके सवारी रुट इजाजतपत्र अब अनलाइनबाटै लिन सकिने