काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब ७१ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
राष्ट्र बैंकले १५ अर्ब ७१ करोड रुपैयाँ पुरानै ट्रेजरी नवीकरण गर्न लागेको हो भने ५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिक्री गर्न लागेको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकका अनुसार २८ दिने अवधिको ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिक्री गर्न लागिएको हो ।
त्यसैगरी, ९१ दिन अवधिको १० अर्ब ११ करोड २५ लाख रुपैयाँ, १८२ दिन अवधिको ६० करोड र ३६४ दिन अवधिको ५ अर्ब रुपैयाँ पुरानो ट्रेजरी नवीकरण गर्न लागेको हो ।
आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले उक्त ट्रेजरी बिल नवीकरण तथा बिक्री गर्न लागेको हो ।