काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा घोराही सिमेन्ट इन्डष्ट्रीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेका अनुसार कम्पनीको ५९ लाख ५७ हजार ८५१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।