काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सले बिहीबार साल्ट ट्रेडिङ कर्पोरेसन र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन गरेको हो ।
दुवै कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
साल्ट ट्रेडिङले गत आवको नाफाबाट वितरण गर्ने १५ प्रतिशत बोनस सेयरका आधारमा नेप्सेले सेयर मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि कम्पनीको नयाँ सेयर मूल्य ४ हजार ५६२.६१ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, ग्रीन डेभलमोन्ट बैंकको ३.८० प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएको हो । समायोजनपछि बैंकको नयाँ मूल्य प्रतिकित्ता ३६२.५२ रुपैयाँ कायम भएको छ ।
अब यही समायोजित मूल्यका आधारमा आगामी सोमबार दोस्रो बजारमा दुवै कम्पनीको सेयर कारोबार खुल्नेछ।