काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई २.२२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.११ प्रतिशत नगद गरी कुल २.२३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश पारित गर्न कम्पनीले चैत २९ गते वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सभा लैनचौर ब्याक्वेट, लैनचौर, काठमाडौँमा बिहान ११ बजे सुुरु हुनेछ ।
यस्तै, कम्पनीले सभामा गत वर्षको नाफा-नोक्सान हिसाब पारित गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायत प्रस्तावहरु लैजाने भएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत १६ गते बुकक्लोज तोकेको छ । सो अनुसार चैत १५ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र साधरण सभामा भाग लिन पाउने छन् ।