समाजवादी पार्टी त्यागेकाे भोलिपल्टै दीपक मनाङ्गे बने भौतिक पूर्वाधारमन्त्री

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) लाई प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्ति गरेका छन् ।

गुरुङलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिँदै मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् पुनःगठन गरेको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए ।

गुरुङले आइतबार मात्रै नेकपा (एकीकृत समाजवादी) सँगको दलीय आबद्धता परित्याग गरी स्वतन्त्र हैसियतमा रहेको दाबी गर्दै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए ।

पुनःगठित मन्त्रिपरिषद्मा कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको थप जिम्मेवारी दिइएको सापकोटाले जानकारी दिए । मन्त्रिपरिषद् पुनःगठनसम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएकाले नवनियुक्त मन्त्रीको सपथ आजै दिउँसो ३ बजेका लागि तय भएको उनले जानकारी दिए ।

यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रेशमबहादुर जुग्जाली र सामाजिक विकासमन्त्रीमा सुशीला सिम्खडा मन्त्री रहेका थिए ।

पोर्चुगलमा रहेका नेपालीलाई राहादानी सेवा दिन फ्रान्स दूतावासको टोली जाने Read Previous

पोर्चुगलमा रहेका नेपालीलाई राहादानी सेवा दिन फ्रान्स दूतावासको टोली जाने

नेप्सेमा झिनो अंकको कमब्याक, यी ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

नेप्सेमा झिनो अंकको कमब्याक, यी ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट