घोराहीलाई उछिन्दै शिवम् बन्यो महँगो सेयर मूल्य हुने सिमेन्ट कम्पनी

काठमाडौं । शिवम् सिमेन्ट नेपाली सेयर बजारमा सबैभन्दा महँगो सेयर मूल्य हुने सिमेन्ट कम्पनी बनेको छ । घोराही सिमेन्टलाई उछिन्दै शिवम् सर्वाधिक महँगो सेयर मूल्य हुने सिमेन्ट कम्पनी बनेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आइतबारको अन्तिम कारोबार मूल्यका आधारमा शिवम्ले घोराहीलाई पछि पारेको हो । हिजो शिवम्को सेयर मूल्य २१.९० रुपैयाँले बढेर प्रतिकित्ता ५७६ रुपैयाँ पुगेको छ । यो नेप्सेमा सूचीकृत ३ सिमेन्ट कम्पनी मध्ये सबैभन्दा धेरै हो । यससँगै शिवम्ले ३ महिनापछि घोराहीलाई सेयर मूल्यका आधारमा फेरि पछि पारेको हो ।

घोराहीले गत पुस ८ गते शिवम्लाई उछिनेको थियो । आइतबार घोराहीको सेयर मूल्य शिवम्कोभन्दा ५ रुपैयाँ कम अर्थात् प्रतिकित्ता ५७१ रुपैयाँ छ ।

घोराही यसै वर्ष प्रिमियम मूल्यमा आइपीओ जारी गरेर सेयर बजारमा प्रवेश गरेको कम्पनी हो भने शिवम् ५ वर्ष अघि आएको कम्पनी हो । गत बुलमा शिवम्को सेयर मूल्य प्रतिकित्ता २ हजार पुगेको थियो भने त्यस यता लगातार घटेर प्रतिकित्ता ३९० रुपैयाँसम्म आएको थियो ।

नेप्सेमा हाल घोराही, शिवम् र सोनापुर गरी ३ सिमेन्ट कम्पनी सूचीकृत छन् । जसमा सबैभन्दा सोनापुरको सेयर मूल्य सबैभन्दा सस्तो प्रतिकित्ता ५२९ रुपैयाँ छ ।

हालै आइपीओ जारी गरेको सर्वोत्तम सिमेन्ट भने नेप्सेमा सूचीकृत हुने प्रक्रियामा छ ।

 

शुक्रबार देखि १ घण्टाभित्रमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइने Read Previous

शुक्रबार देखि १ घण्टाभित्रमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइने

ऋणको भारीले थिचिँदै सरकार, ८ महिनामा ब्याज मात्रै तिर्‍यो साढे ४९ अर्ब Read Next

ऋणको भारीले थिचिँदै सरकार, ८ महिनामा ब्याज मात्रै तिर्‍यो साढे ४९ अर्ब