निफ्राको ६ लाख कित्ता सेयर लिलामीमा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को संस्थापक समूहको (प्रमोटर) सेयर आजदेखि लिलामीमा आएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनी बोधप्रसाद त्रिपाठीको नाममा रहेको ६ लाख कित्ता सेयर लिलामी मार्फत बिक्री गर्न लागेका हुन्।

इच्छुक लगानीकर्ताले आफूले किन्न चाहेको मूल्य र कित्ता स्पष्ट खुलाई गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् । सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने बैंकले जनाएको छ ।

इच्छुक संस्थापकले आजको ३५ दिन भित्र सानिका बैंकको रजिस्टर्ड कार्यालय, नयाँबानेश्वर, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

 

मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरिन्छ : प्रधानमन्त्री Read Previous

मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरिन्छ : प्रधानमन्त्री

बाँसबारीको सरकारी जग्गा 'हपडे'को काण्डमा विनोद चौधरीको बयान लिन निर्देशन Read Next

बाँसबारीको सरकारी जग्गा 'हपडे'को काण्डमा विनोद चौधरीको बयान लिन निर्देशन