बंगलादेशसँग विद्युत् व्यापारको नजिक पुगेका छौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट बंगलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि सम्बोधन गर्दै भारतसँग मात्रै नभएर बंगलादेशसँग पनि विद्युत् व्यापारको नजिक पुगेको बताएका हुन् ।

‘चीनतिर पनि विद्युत् व्यापारको ढोका खुल्दै छ,’ प्रधानमन्त्री दाहालले भने, ‘यो पनि सानो उपलब्धि होइन । तर, यो सम्भावना हासिल गर्न हामीले विद्युत् पूर्वाधारमा निकै धेरै काम गर्नुछ ।’

जलवायु न्याय र समानताको अवधारणामा नेपालले अब आफूलाई विश्वमञ्चको केन्द्रमा ल्याएको उल्लेख गर्दै उनले संयुक्तराष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र यूएईको दुबईमा सम्पन्न ‘कोप-२८’ मा नेपालको प्रस्तुतिबाट नेपालले नयाँ सन्देश प्रवाह गरेको समेत स्मरण गरे ।

‘हामीले सन्देश दियौँ, अब जलवायु सङ्कटबाट प्रभावित पर्वतीय मुलुकहरूको आवाजलाई नेपालले नेतृत्व गर्नेछ,’ प्रधानमन्त्री दाहालले भने, ‘सरकारका उपलब्धिहरूको सूची सानो छैन तर देशका आवश्यकता र सम्भावना हासिल गर्न यति उपलब्धि पर्याप्त थिएनन् ।’

हकप्रद सूचीकृतपछि अपर तामाकोशीको सेयर मूल्यमा पहिरो, खरिदकर्ता शून्य Read Previous

हकप्रद सूचीकृतपछि अपर तामाकोशीको सेयर मूल्यमा पहिरो, खरिदकर्ता शून्य

ढुवानी व्यवसायी महासंघको महाधिवेशन चैत ३ गते काठमाडौंमा हुने Read Next

ढुवानी व्यवसायी महासंघको महाधिवेशन चैत ३ गते काठमाडौंमा हुने