काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा थप चार कम्पनीको सेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा ३ कम्पनीको बोनस सेयर र एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको हो ।
नेप्सेका अनुसार मुक्तिनाथ विकास बैंक, नेपाल एसबीआई बैंक र आरएसडीसी लघुवित्तले गत आव २०७९/८० को मुनाफाबाट वितरण गरेको बोनस सेयर तथा अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत भएको हो ।
नेप्सेमा नेपाल एसबीआइ बैंकको ३.७५ प्रतिशत (३७ लाख ९५ हजार २३५.७६४८ कित्ता), आरएसडीसी लघुवित्तको ८.६ प्रतिशत (७ लाख ४७ हजार ८२८.६५ कित्ता र मुक्तिनाथ विकास बैंकको ९.७५ प्रतिशत (६२ लाख ६० हजार ३७७.७६ कित्ता) बोनस सेयर सूचीकृत भएको हो ।
त्यसैगरी, अपर तामाकोशी हाइड्रोपावरको १०० प्रतिशत अर्थात् १० करोड ५९ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
चारै कम्पनीको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।