काठमाडौं । सेयर बजारमा दोहोरो अंककाे वृद्धि भएको छ । गत बुधबारदेखि लगातार उकालो लागेको नेप्सले आज पनि सोही लय कायम राखेको हो । ३ दिनमा नेप्से ४५ अंकले बढेको छ ।
आइतबार नेप्से परिसूचक २२.१० अंकले बढेर २०५२.६५ बिन्दुमा पुगेको छ । यसदिन ३०४ कम्पनीको २ अर्ब ९२ करोड रुपैयाँ बढीको ७० लाख ४३ हजार ४५७ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये हाइड्रोपावर बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । माइक्रोफाइनान्स समूहको परिसूचक सर्वाधिक ४.२१ प्रतिशतले बढेको छ ।
आज सिमेन्ट कम्पनीको सेयरमा उच्च आकर्षण देखिएको छ । शिवम् सिमेन्टको सर्वाधिक २३ करोड र सोनापुरको १८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
बढ्दो बजारमा आज २ लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विन नेपाल र जाल्पा सामुदायिक लघुवित्तका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएक छन् ।