निजामती कर्मचारीले खुला बजारबाट सेयर किन्न पाउने

काठमाडौं । अब निजामती कर्मचारीले खुला बजारबाट सेयर खरिद गर्न पाउने भएका छन् । सरकारले प्रतिनिधि सभामा दर्ता गराएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो ।

विधेयकले कर्मचारीलाई खुला बजारबाट सेयर खरिद गर्न अनुमति दिएको हो । ‘कर्मचारीले खुला बजारबाट सेयर खरिद गर्न वा आधारभूत शेयरधनी नहुने गरी एक प्रतिशतभन्दा कम संस्थापक सेयर खरिद गर्न सक्ने,’ विधेयकमा भनिएको छ ।

त्यस्तै, विधेयकमा निजामती कर्मचारीको अवकाशको उमेरहद ६० वर्ष प्रस्ताव गरिएको छ । हाल निजामती कर्मचारीहरूले ५८ वर्षमा अवकाश पाउँदै आएका छन्।

विधेयकले निजामती कर्मचारीहरूलाई राजनीतिक दल, राजनीतिक दलको भ्रातृ संगठन र राजनीतिक दलको जनवर्गीय संगठन वा राजनीतिक दलसँग आबद्ध पेशागत संगठनको सदस्यता लिन राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै राजनीतिक गतिविधिमा भाग लिन प्रतिबन्ध लगाएको छ।

त्यस्तै, सरकारका नीतिको आलोचना गर्न, लेख लेख्न वा सञ्चार माध्यमलाई खबर दिन समेत रोक लगाएको छ भने प्रदर्शन र हड्ताल गर्न प्रतिबन्ध लगाइएको छ ।

 

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै चितवनका किसान Read Previous

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै चितवनका किसान

प्रधानमन्त्रीद्धारा नयाँ मन्त्रिमण्डल गठन, तीन मन्त्रीले लिए शपथ Read Next

प्रधानमन्त्रीद्धारा नयाँ मन्त्रिमण्डल गठन, तीन मन्त्रीले लिए शपथ