काठमाडौं । सत्ता गठबन्धन बदलेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् । सोमबार अपराह्न उनले ३ सदस्यीय नयाँ मन्त्रिमण्डल गठन गरेका हुन् ।
माओवादीको तर्फबाट हितबहादुर तामाङ, नेकपा एमालेका तर्फबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद आर्याल नयाँ मन्त्रीमा नियुक्त भएका हुन् । उनीहरूलाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गराएक छन् ।
मन्त्रालयको टुंगो नलागेकाले नयाँ मन्त्रीहरूले बिना विभागीयमन्त्रीको रुपमा शपथ लिएका हुन् । प्रधानमन्त्रीले काँग्रेससँगको गठबन्धन तोड्दै एमालेसहितका दलहरूको नयाँ गठबन्धन बनाएका हुन् ।