गत वर्षको नाफाबाट लाभांश दिएका मध्ये हालसम्म १७ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश दिएकामध्ये १७ कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

लाभांश घोषणा गरी साधरण सभाबाट पारित गरेकामध्ये हालसम्म १७ कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार हालसम्म चिलिमे हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर, स्वाबलम्वन लघुवित्त वित्तीय संस्था, हिमालयन डिस्ट्रीलरी, सांग्रिला डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, एभरेष्ट बैंक, एनआइसी एशिया बैंक, सानिमा बैंक, माछापुच्छ्रे, शिवम् सिमेन्ट, सिटिजन लाइफ इन्स्योरेन्स, फर्स्ट माइक्रोफाइनान्स, हाथवे इन्भेष्टमेन्ट, साइन रेसुंगा डेभलपमेन्ट बैंक, नेपाल इन्स्योरेन्स र राधि विद्युत्ले बोनस सेयर सूचीकृत गरेका हुन् ।

नेप्सेमा सिटिजन लाइफको १८ लाख ७५ हजार कित्ता (५%), फर्स्ट माइक्रोफाइनान्सको ८ लाख ६० हजार ८०९.४६ कित्ता (७.५%) हाथवे इन्भेष्टमेन्ट २३ लाख ४० हजार कित्ता (१०%), राधी विद्युत् ७ लाख ९६ हजार ९०.४१ कित्ता (४.७५%), शिवम् सिमेन्ट, ६२ लाख ७० हजार कित्ता (१४.२५%), साइन रेसुंगा ४४ लाख ९८ हजार ७७.३७ कित्ता (१०.५०%) र नेपाल इन्स्योरेन्सको १४ लाख ९४ हजार ७६६ कित्ता (१०%) बोनस सेयर सूचीकृत भएको छ ।

त्यसैगरी, स्वाबलम्वन लघुवित्तको १२.३६ प्रतिशत अर्थात् १५ लाख ९५ हजार ४५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यसैगरी, हिमालयन डिस्ट्रीलरीको १० प्रतिशत (२४ लाख २९ हजार ५६६.६५ कित्ता), सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत (१६ लाख ३३ हजार ७९५.८६ कित्ता) बोनस सेयर सूचीकृत भएको छ ।

त्यस्तै, गरिमा विकास बैंकको ९.५ प्रतिशत (४९ लाख २८ हजार ३०२.७१ कित्ता), सानिमा बैंकको ९ प्रतिशत (१ करोड १२ लाख १४ हजार १०३.५५ कित्ता), एनआइसी एशियाको २९ प्रतिशत (३ करोड ३५ लाख ३५ हजार ६१५.५६ कित्ता), एभरेष्ट बैंकको १० प्रतिशत (१ करोड ६ लाख ९८ हजार ९४.४४ कित्ता) र माछापुच्छ्रे बैंकको १३.३ प्रतिशत (१ करोड ३६ लाख ४२ हजार १७ कित्ता) , चिलिमे हाइड्रोपावरको १० प्रतिशत (७२ लाख ५८ हजार १८० कित्ता), सानिमा माइको १० प्रतिशत अर्थात (३० लाख ८९ हजार २५१ कित्ता) बोनस सेयर सूचीकृत भएको छ ।

अनुगमन तथा मूल्याङ्कन विधेयक सर्वसम्मतिले पारित Read Previous

अनुगमन तथा मूल्याङ्कन विधेयक सर्वसम्मतिले पारित

बैंकर पक्राउप्रति निजी क्षेत्रको गम्भीर आपत्ति, थुन्ने अनि सुन्ने गर्दा अर्थतन्त्रमा असर पर्ने चेतावनी Read Next

बैंकर पक्राउप्रति निजी क्षेत्रको गम्भीर आपत्ति, थुन्ने अनि सुन्ने गर्दा अर्थतन्त्रमा असर पर्ने चेतावनी