२०८१ सालमा शनिबार बाहेक ३७ दिन बैंक बन्द हुने (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले वि.सं.२०८१ सालमा बैंक तथा वित्तीय संस्थाहरु बिदा हुने सूची सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले शुक्रबार २०८१ साल भरी शनिबार बाहेक बैंक बन्द हुने दिनको सूची सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकका अनुसार २०८१ सालमा शनिबार बाहेक कुल ३७ दिन (दशैंतिहार सहित)बैंक तथा वित्तीय संस्थाहरु आंशिक वा पूर्ण रुपमा बन्द हुने छन् ।

वैशाख १ देखि कात्तिक १५ गते र माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसमम्म कार्यालय समय र बिहान १० बजेदेखि साँझ ४ बजेसमम बैंकिङ कारोबार समय हुने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, कात्तिक १६ देखि माघ १५ गतेसम्म कार्यायल सयम १० बजेदेखि ४ बजेसम्म र बैंकिङ समय १० बजेदेखि ३ बजेसम्म हुनेछ ।

शुक्रबार भने कार्यलय समय १ः३० सम्म र बैंकिङ समय १२ः३० सम्म हुने राष्ट्र बैंकले जनाएको छ ।

 

'कर्मचारी पक्राउ गर्दा बैंकिङ क्षेत्र त्रसित र भयभित बनेको छ' Read Previous

'कर्मचारी पक्राउ गर्दा बैंकिङ क्षेत्र त्रसित र भयभित बनेको छ'

अनुगमन तथा मूल्याङ्कन विधेयक सर्वसम्मतिले पारित Read Next

अनुगमन तथा मूल्याङ्कन विधेयक सर्वसम्मतिले पारित